असार २४ – राष्ट्रपति डा। रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बजेटको विषयमा छलफल भएको छ । शितल निवासमा आइतबार बिहान भएको भेटमा प्रचण्डले राजनीतिक सहमतिमै बजेट ल्याउने सहमतिमै बजेट ल्याउने भइरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।सहमतिमै बजेट ल्याउनका लागि सरकार बाहिर रहेका दलहरुसँग पनि छलफल भइरहेको प्रचण्डले बताउनुभयो । भेटपछि प्रचण्डले राष्ट्रपतिसँग समसामयिक राजनीतिक विषय बाहेक मुख्य गरी बजेटकै विषयमा छलफल भएको बताउनुभयो ।सरकारले पूर्ण वा एक तिहाई कस्तो बजेट ल्याउने तयारी गरेको हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले अहिले सहमतिमै बजेट ल्याउने तयारी भएको प्रतिक्रिया मात्रै दिनुभयो । सरकार बाहिर रहेका दलहरु र मधेशी मोर्चासंग पछिल्लो चरणमा भएका छलफलले राजनीतिक सहमतिको बाताबरण बन्दै गएको उहाँको भनाई छ ।