Responsive Ad Slot

latest

प्रशिद्ध तिर्थस्थल पाथीभरामा देवीको र्दशन गर्नतिर्थयात्रीहरुको संख्यामा कमी

Monday, July 30

/ by Unknown
ताप्लेजुङ साउन १५ ।  ुताप्लेजुङ जिल्लामा अवस्थित पुवकै प्रशिद्ध तिर्थस्थल पाथीभरामा देवीको र्दशन गर्न आउने तिर्थयात्रीहरुको संख्या ह्वात्तै घटेको छ ।

 साउन महिनाभर देवीको दर्शन गर्न आउदा बली दिन हुदैन भन्ने विश्वसका कारण तिर्थयात्रिहरु  काम मात्रामा पाथीभरा आउने गरेका हुन  । चिताएको मनोकांक्षा पुरा गरिदिने , बोली नभएकालाई बोली दिने लगायतका  धार्मीक विश्वासका कारण देवीको दर्शनको लागि देश तथा  विदेश बाट ताप्लेजुङ भित्रने सयौ  तिर्थयात्रिहरु अहिले कम मात्रमा पाथीभरा आउने गरेको पाथीभराका पुजारी डिल्लीराम आचार्यले बताउनुभयो  । उहाका अनुसार अरु महिना दैनिक एक सय  तिर्थयात्रीहरु पाथीभरामा पुजाआर्जा गर्न आउने भए पनि अहिले भने फाट्टफुट्ट मात्र तिर्थयात्रीहरु आउने गरेका छन् ।  अरु महिना परेवा र  बोकापाठा डोहो¥याएर तातिनै लागेर पाथीभरा आउने तिर्थयात्रिहरु आउने क्रम ठप्प बनेपछि पाथिभरा जाने बाटोमा सञ्चालीत होटल ब्यवसायहरुमा समेत प्रभाव पर्ने गरेको छ ।

पौराणीक काल देखिनै साउन महिना भर कुनै पनि मठ मन्दिरहरुमा पुजाआर्जा  गर्न जाने तिर्थयात्रीहरुले बली दिन नहुने धार्मीक विश्वास रहेको छ ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI