Responsive Ad Slot

latest

पोखरा (साततालको शहर लेखनाथ नगरपालिकाका तालहरु अतिक्रमण हुदै

Wednesday, July 11

/ by Admin BHOLA THAPA
पोखरा (साततालको शहर लेखनाथ नगरपालिकाका तालहरु अतिक्रमण हुदै गएकोमा लेखनाथवासि चिन्तित भएका छन् । कास्कीको लेखनाथ नगरपालिका भित्रका तालहरुका छेउछाउमा होटल, रेष्टुरेण्ट खुल्नुका साथै व्यक्तिगत रुपमा घरटहरा समेत बन्दै गएकोमा उनिहरुले चिन्ता व्यक्त गरेका हुन् । मंगलबार लेखनाथ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पर्यटन व्यवसायी तथा लेखनाथ होटल संघका महासचिव दामोदरभक्त थापाले नगरपालिकाले तालको मापदण्ड कायम गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । लेखनाथ नगरपालिकामा वेगनासताल, रुपाताल, न्यूरेनी, खास्टे, दिपाङ्ग, मैदी र गुदेताल गरि ७ वटा तालहरु रहेपनि अहिलेसम्म रुपा र वेगनासको मात्रै मापदण्ड कायम भएको छ । यी दुवै तालको सय मिटर वरपर कुनैपनि नयाँ संरचना निर्माण गर्न पाईदैन । तर यो मापदण्ड नगरपालिकाले कार्यान्वयन गर्न नसकेको सार्वजनिक सुनुवाईका सहभागीहरुको गुनासो थियो । यस्तै गुनासो व्यक्त गर्दै लेखनाथ नगरपालिका वडानम्बर ८ शिशुवाका बासिन्दा निरलाल तझ्याले भन्नुभयो– नगरपालिकाले ताल लिजमा दियो, तर लिजमा लिनेले सम्झौता अनुसार काम नगरेकोप्रति नगरपालिकाको किन ध्यान गएन रु
लेखनाथ नगरपालिकाले ५५र५६ सालमै खाष्टे, दिपाङ्ग, न्यूरेनी र गुँदे ताललाई २० वर्षका लागि लिजमा दिएको थियो । ४ वटा तालको भाडा वापतको झण्डै ३५ लाख रुपैँया लिजमा लिने कम्पनीले नतिरेपछि यसै वर्षदेखि उनीहरुको सम्झौता खारेज गरेको लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणी अधिकारीले जानकारी दिनुभयो छ । गत बैशाख ४ गते बसेको नगरपालिकको बोर्ड बैठकले तालहरुको लिज सम्झौता खारेज गर्ने निर्णय गरेको हो । गुँदे ताल लिजमा लिने गुदेँ फिसरिज एण्ड टुरिजम प्रालिले ६ लाख ४५ हजार, न्यूरेनीका स्वाती सदन उच्च मावि काठमाण्डौंले २ लाख ५० हजार, दिपाङ्गको दिपाङ्ग एग्रो टुरिजम प्रालिले करिब १० लाख र खास्टे लिजमा लिने खाष्टे कृषि उद्यम प्रालिले १६ लाख ४२ हजार रुपैँया भाडा नगरपालिकालाई बुझाउन बाँकी छ । स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय निकायलाई आफ्नो क्षेत्रभित्र पर्ने खोलानाला, कुवाँ, इनार, पोखरी, तलाउ, ढुङ्गेधारा, आदिको संरक्षण र सदुपयोगको अधिकार दिएको छ । लेखनाथका ती चारवटै ताललाई फेरी लिजमा दिने तयारी भैरहेको समेत नगरपालिकाले जनाएको छ । “स्थानियबासीले सहकारी स्थापना गरेर ताल भाडामा मागेका छन् ।” अधिकृत राममणी अधिकारीले भन्नुभयो– ‘आर्थिक र प्राविधिक पक्षको अध्ययन सहितको प्रस्ताव मागेका छौं, प्रस्ताव हेरेर नगरपालिका बोर्ड बैठकले भाडामा दिने वा नदिने निर्णय गर्नेछ ।” ताल लिजमा लिएर चलाएका सँस्थाहरु अहिले सम्पर्कमा नरहेकोले सरकारी बाँकी बक्यौताका रुपमा उठाईदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको पनि लेखनाथ नगरपालिकाले जनाएको छ । ४ संस्था मध्ये स्वाती सदन उच्च मावि बाहेक तिनवटै संस्था कास्की जिल्लाभित्रकै हुन् ।
    सार्वजनिक सुनुवाईमा सहभागीका प्रश्नको जवाफ दिँदै नगरपालिकाका कार्यकारी अधिकृत शिवप्रसाद रिजालले बेवनास ताललाई छोएर बनाईएको वेगनास रिर्सोटलाई तालको जग्गा छाड्न पत्राचार गरिसकिएको बताउनुभयो । आफ्नो नीजि जग्गामा बनेको भए दर्ता गर्न र सार्वजनिक जग्गा मिचेर बनाएको भए छाड्न निर्देशन दिएको उहाँको भनाई छ । ताल संरक्षणको क्रममा अहिले लेखनाथकै मैदी तालको ६ सय ५० रोपनी क्षेत्रफलको सिमाङकन भैसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI