साउन १ गते । मनोज बस्नेत, , गुल्मी सदाका बर्षमा जस्तै यसबर्ष पनि
गुल्मीको पर्यटकीय एवं धार्मीक स्थल रेसुङ्गामा आजदेखि साउने मेला सुरु
भएको छ । आजदेखि सुरु हुने मेला साउन महिना भरी चल्नेछ । साउन महिनामा
रेसुङ्गामा रहेको पोखरीमा स्नान गरे चार धामको पुण्य प्राप्त हुने तथा
समृद्धी प्राप्त हुने धार्मीक बिश्वास छ । साउनभर रेसुङ्गा पोखरीमा स्नान
गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । यसबर्ष मेला अवधीभर सामुही रुद्री,
ग्रहजप, भक्तिसंगीत प्रतियोगिता र तिजगीत कार्यक्रम हुने आयोजक रेसुङ्गा
संरक्षण समितिले जनाएको छ । त्यसैगरी मेलामा वेद चण्डी, रुद्री, गीता पाठ,
पाञ्चायन देवता पुजन, हवन, पुजा, गरुण पुराण बाचन लगायतका कार्यक्रम नियमित
रुपमा सञ्चालन हुने समितिले जनाएको छ । मेला भर्नको लागि गुल्मीसहित
अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ लगायतका जिल्लाका भक्तजनहरु
पनि आउनेगर्छन ।