Responsive Ad Slot

latest

उत्तरी रसुवामा उत्पादित आलु अलपत्र, किसान मर्कामा ।

Sunday, July 29

/ by Unknown
धुन्चे (रसुवा), साउन १४ गते । पहिरोले सडकमार्ग अवरुद्ध भएपछि उत्तरी रसुवाको गतलाङमा किसानले उत्पादन गरेको आलु बजारसम्म लान नपाई अलपत्र परेको छ ।
गतलाङका किसान मी लामाका अनुसार २ सय ८४ जना किसानले उत्पादन गरेको तीन लाख केजी आलु सडकमार्ग अवरुद्ध भएपछि स्थानीय स्तरमै अलपत्र परेको हो । राम्चे, मूलखर्कलगायतका क्षेत्रमा आएको पहिरोले सडकमार्ग अवरुद्ध हुँदा ६५ लाख मूल्य बराबरको आलु अलपत्र परेको किसानहरुको भनाइ छ ।

आलु बिक्रीबाट हुने आयले दैनिक उपभोग्यवस्तु र स्कुले बालबालिकाका लागि कापी, कलम खरिद गर्नुपर्ने विपन्न किसानले बाटो अवरद्ध हुँदा आफूहरुलाई ठूलो समस्या परेको बताएका छन् ।
उनीहरुले सडकमार्ग खुला गरी ढुवानीमा सहजता ल्याइदिन सडक संरक्षणको जिम्मा पाएको गल्छी–त्रिशूली स्याफ्रुबेसी सडक विस्तार आयोजनासामु आग्रहसमेत गरेका छन् ।
गत असारको पहिलो साताबाट राम्चे, ग्राङ, मूलखर्क र फूलखर्क क्षेत्रमा ६ किमी सडक पहिरोले अवरुद्ध भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI