काठमाडौं साउन ९ गते । ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीन्दाले आजका लागि आह्वान गरेको बन्द फिर्ता लिएका छन् । सरकारसँग वार्ता हुने शर्तमा बन्द फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक सूर्यमान महर्जनले जानकारी दिनुभयो । आज सरकार र आन्दोलनका अगुवाबीच वार्ता हुँदैछ । बन्द क्रकमा हिजो र अस्ती ललितपुर क्षेत्रको जनजीवन प्रभावित बन्यो । थापाथलीबाट उठाइएका सुकुम्बासीलाई सरकारले सुन्दरीघाटमा अधिग्रहण गरेको जग्गामा बसाउने तयारी गरेपछि ललितपुरका बासिन्दाहरुले विरोध जनाउँदै बन्दको आह्वान गरेका थिए ।