3 जुलाई, दोहा, कतार ।
स्याङजा जिल्ला, सिर्सेकोट गाविस वडा नं.३ निवासी गजबहादुर तमूको दुबै हात र खुट्टाको उपचारको लागि तमू समाज कतारले २१ हजार ३ सय ५० नेपाली रुपैया“ आर्थिक सहयोग गरेको समाचार छ । केहि ढीला गरि प्राप्त समाचारमा जनाईए अनुसार समाजका प्रतिनिधि तथा तमू सांस्कृतिक परिवार कतारका पुर्व सदस्य सञ्जु तमूले गत २३ अप्रिल (बैशाख ९ गते) का दिन उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् ।
गजबहादुर तमूको वारेमा समाजका पुर्व सदस्य सुर्य तमू मार्फत जानकारी पाए पछि उनको उपचारमा थोरै भए पनि सहयोग होस भनि यो आर्थिक सहयोग गरिएको बताउछन अध्यक्ष बिमल तमू । गत अप्रिल १३ शुक्रवारका दिन एक कार्यक्रमका विच महिला विभागकी अध्यक्ष टौमाया तमूस्योलाई समाजले संकलन गरेको उक्त सहयोग रकम अध्यक्ष बिमल तमूले हस्तान्तरण गरेका थिए । टौमाया“ तमूस्यो मार्फत नै उक्त रकम नेपाल स्थित सञ्जु तमूले सम्बन्धित व्यक्तिको घरमा नै गएर हस्तान्तरण गरेका छन् ।
गजबहादुर गुरुङको दुबै हात र दुबै खुट्टा जलेर काम नगर्ने भए पछि उपचारको लागि मणीपाल अस्पताल पोखरा लगिएको थियो । मणीपालमा उपचार हुन नसके पछि अस्पतालले काठमाण्डौ रिफर ग¥यो र काठमाण्डौ स्थित शिक्ष्ँण्ँ अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । दुखको कुरा अस्पतालले प्रारम्भिक परिक्षण पछि हात र खुट्टाका नसाहरु सुकेर काम नगर्ने भएकोले औंलाहरु काट्नु पर्ने बताएको छ ।