काठमाडौं असार ३० गते भावी संविधानमा समावेश गरिने संङ्घीयताको स्वरुप बारे ललितपुर घोषणापत्र जारी गर्दै हिजोदेखि सुरु भएको सर्वपक्षीय महासभा आज सकिदैछ । ललितपुरको स्टाफ कलेजमा विहान ९ बजेपछि सुरु हुने दोस्रो दिनको छलफलमा संङ्घीयता र सरकारको विषय मुख्य हुने सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख तथा साना दलका प्रतिनिधी सहभागी महासभाले घोषणापत्र मार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ । सद्भावना पार्टीले राष्ट्रिय समस्याको निकासको बारेमा छलफल गर्न २ दिने सर्वपक्षीय महासभा आयोजना गरेको हो । महासभामा दलीय प्रतिनिधि, पूर्व सभासद्, नेता, आदिवासी, जनजातिसँग सम्बन्धित सङ्घसंस्थाका गरी करिब ४ सय ५० जनाको सहभागिता छ ।