काठमाडौं साउन ४ गते । रविन भट्टराई, , ताप्लेजुङ जिल्ला अस्पताल ताप्लेजुङमानै प्रसुती शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानियबासिन्दा खुशी भएका छन् । गएको चैत महिनाको २४ गतेबाट शल्यक्रिया सेवा सुरु भएपछि अस्पतालले १० जना महिलालाई सफल शल्यक्रिया गरिसकेको अस्पतालका प्रमुख डाक्टर सुर्य गुरुङले बताउनुभयो । तर शल्यक्रियाका लागि लागि छुटै कक्ष नभएकाले समस्या परेको अस्पतालले जनाएको छ । वजेट अभावका कारण शल्यक्रिया कक्ष बनाउन नसकिएको गुरुङको भनाइछ । यो सुविधा सञ्चालन हुनुअघि विरामीहरुले जिल्ला वाहिर गएर करिव १ लाख भन्दा बढी खर्च गर्नु पर्ने समस्या रहदै थियो ।