काठमाडौं, असार १९ - सहमतीका लागी राजनीतिक दलविच भेटवार्ताले
तिब्रता पाइरहेको बेला प्रधानमन्त्री बाबुराम भट्टराई परामर्शका लागी
राष्ट्रपती निवास सितलनिवास पुगेका छन्।
वजेट र सरकारबारे छलफलका लागी काँग्रेस एमालेलाई छलफलका लागी गरेको आग्रह अस्विकार गरेपछी वजेट र सहमतीय सरकारबारे परामर्शका लागी भट्टराई हिजो बेलुका राष्ट्रपति निवास पुगेका हुन्। सोमवारविहान कांग्रेस सभापति शुसिल कोइराला र राष्ट्रपतिविच भेट भएको थियो।
राष्ट्रपतिसंगको भेटपछी कोइराला र एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालविच भेटवार्ता भएको थियो। भेटमा दुबैनेता मंगलवार बैठक बसेर संविधानका विवादीत विषयको समाधान, निर्वाचन वा त्यसको विकल्प र राष्ट्रिय सहमतीको सरकार गठनको विषयमा निष्कर्षमा पुग्न सहमत भएका थिए।
दाहाल अगाडि विभाजित माओवादीका अध्यक्ष मोहन बैद्य कोइराला निवास पुगेका थिए। दुबैविच पूर्ण वजेट ल्याउन नदिने विषयमा सहमती बनेको थियो।
दुबै नेताको सहमती लगत्तै राष्ट्रपति निवासमा भट्टराई आकस्मिक रुपमा पुग्नुलाई राजनीतिक बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।
सवा सात वजे देखी पौने नौ वजेसम्म प्रधानमन्त्री राष्ट्रपती निवासमै थिए। स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले पूर्ण वजेट ल्याउन सहयोग गर्न राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गरेका थिए।
स्रोतका अनुसार डा यादवले राष्ट्रिय सहमतीविना आफुले केही गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई न्युनतम राजनीतिक सहमती गरेर मात्रै अगाडि बढ्न सुझाएका थिए। अन्य दललाई सहमतीमा लिएमात्रै पूर्ण वजेट ल्याउनुनै सरकारको हितमा हुने उनले प्रधानमन्त्रीलाई सुझाएका थिए।