रामकुमार शाही, , जाजरकोट असार ३१ गते । जाजरकोटको एक विद्यालयले दुई ओटा भवन बनाउनु पर्नेमा एउटा मात्र भवन बनाएर दोहोरो रकम भुक्तानी लिने प्रयास गरेको खुलासा भएको छ । जिल्लाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सिमा–८ सिस्नेमा रहेको विद्यालय भवन जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको पुर्ननिर्माणतथा पुर्नस्थापना कार्याक्रम अन्र्तगत छुट्टाछुट्टै बनाउनु पर्नेमा एउटा मात्र भवन बनाएर दुवै ठाँउबाट भुक्तानी लिने प्रयास गरिएको हो । अनियमितता भएको सार्वजनिक भएपछि बैकमा भुक्तानीका लागि गईसकेको रकमसमेत रोक्का गरिएको छ । शान्ति तथा पुर्ननिमाण मन्त्रालय अन्र्तगत जिल्ला प्राविधिक कार्यालयबाट ५ लाख भुक्तानी भएको छ भने जिल्ला शिक्षा कार्यालयबाट ६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएकोमा दोहोरो रकम भुक्तानी भएको जानकारी पाएपछि बैकमा निकासा भैसकेको रकम रोक्का राखिएको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले जानकारी दिनुभयो । यसका बारेमा अनुसन्धान नहुदासम्म रकम फुकुुवा नगरिने उहाँको भनाई छ । विद्यालयले दुई ओटा भवन बनाउनु पर्ने भएपनि जुन कार्यालयका प्राविधिक गयो यही भवन हो भनेर देखाउने गरेको स्थानियबासिन्दाको भनाई छ । प्रधानाध्यापक श्रीप्रसाद साह र शिक्षक मानबहादुर पुनको मिलोमतोमा अनियमितता गरिएको स्थानियबासिन्दाले बताएका छन् ।
यसैबीच जिल्ला प्राविधिक कार्यालय जाजरकोटका प्रमुख ईन्जिनियर ओमकुमार साहले आफ्नो कार्यालयका प्राविधिक मुल्यांकन गर्न जाँदा पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगतको भवन यही हो भनेर देखाएपछि अन्तिम मुल्यांकनका आधारमा रकम भुक्तानी गरिएको दावी गनुभएको छ । यता प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले अनियमित कार्यमा संलग्न सवैलाई बोलाएर आबश्यक छानवीन गरी कारवाही अगाडी बढाउने बताउनुभएको छ ।