काठमाडौं असार २८ गते । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले आज देशैभरका आंगिक कलेज र अनुसन्धान केन्द्र को पठन पाठन बन्द गराएका छन् । त्रिवि प्राध्यापक संघको केन्द्रिय समिति बैकले आज र भोलि कलेज तथा केन्द्र बन्द गराउने निर्णय गरेको हो । देस भरका ६० आंगिक र चार अनुसन्धान केन्द्र बन्द हुँदा डेढ लाख भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । एक वर्षदेखि बढेको तलव र पोसाक भत्ता नदिएको भन्दै २२ सुत्रीय माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आफूहरुले पटक पटक सम्वन्धित निकायलाई भन्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपल प्रगतिशिल प्राध्यापक संगठनका महासचिव यादवप्रकाश लामिछानेले बताउनुभयो । सरकारले उचित पहलन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने पनि लामिछानेले चेतावनी दिनभयो ।