पोखरा (जिल्ला कृषि विकास कार्यालय कास्कीले निर्मलपोखरी, हेम्जा र घाचोक गाउँ विकास समितिमा सुन्तला सघन बगैंचा स्थापना गरेको छ ।
एक रोपनी क्षेत्रफलमा ३० देखि ३२ वटा सुन्तलाको विरुवा व्यवस्थित रुपमा रोपेर धेरै आम्दानी लिन सकिन्छ भन्ने प्रमाणित गर्न सघन बगैंचा स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालय कास्कीका वागवानी विकास अधिकृत मनहर कडरियाले जानकारी दिनुभयो ।
यसबाट सुन्तला खेती गर्ने किसानलाई थप व्यवसायिक बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो । सुन्तला बगैँचा स्थापनाका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा फ्रुट स्प्रेयर, हागाँ काट्ने कैंची र करौंती सहयोग गरेको छ । यसैबीच, जिल्ला कृषि विकास कार्यालयले कास्कीमा १० हेक्टर सुन्तला बगैंचा विस्तार गर्ने लक्ष्यका साथ कार्यालयले, किर्तिपुर र गोरखावाट सुन्तला जातका फलफुलका विरुवा ल्याएर किसानलाई वितरण गरेको छ ।
कार्यालयले ५० प्रतिशत अनुदानमा ३ हजार ८ सय सुन्तलाका विजु, ५ सय कलमी विरुवा, १ हजार ४ सय वटा कागतीका विरुवा र २ सय जुनारका विरुवा वितरण गरेको हो ।