Responsive Ad Slot

latest

मकवानपुरका साढे ३२ हजार घरपरिवार बाढीको उच्च जोखिममा ।।

Wednesday, July 18

/ by Admin BHOLA THAPA
विपिन धिताल,  मकवानपुर साउन ३ गते । मकवानपुरका २१ वटा गाविस बाढीपहिरोका कारण उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला विकास समिति तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले तयार गरेका तथ्याङ्कअनुसार जिल्लाका ४३ मध्ये २१ वटा गाविसका बासिन्दा जोखिम मोलेर बसोबास गर्दै आइरहेका छन् । उच्च जोखिममा रहेका गाविसहरुमा फापरबारी, धियाल, शिखरपुर, छतिवन, मकवानपुरगढी, आमभन्ज्याङ, काँकडा, राक्सिराङ, सरिखेत, मनहरी, हाँडीखोला र बसामाडी रहेका छन् । त्यसैगरी आग्रा, पालुङ, नामटार, कालिकाटार, भैँसे, निवुवाटार, भीमफेदी, कुलेखानी र सिस्नेरी गाविस बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ । जिल्ला विकास समिति सामाजिक विकास अधिकृत रामकृष्ण थापाका अनुसार वर्षायाम सुरु हुनेबित्तिकै उच्च जोखिममा रहेका गाविसका बासिन्दाहरु घरजग्गा जोगाउने चिन्तामा रहने गर्छन् । ‘२१ वटा गाविसका ३२ हजार ६ सय ४० घर परिवार उच्च जोखिममा पर्नेगरेको तथ्याङ्क रहेको थापाले बताउनुभयो । अत्यन्तै न्युन जोखिम भएका गाविसको रुपमा जम्मा ३ वटा गाविस मात्रै परेको तथ्याङ्कमा उल्लेख छ । यी गाविसहरुमा डाँडाखर्क, दामन र कोगटे परेको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI