काठमान्डौ साउन ११ गते ।पार्टीको भावी कार्यदिशा तयगर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकको पहिलो विस्तारित बैठक आज सकिदैछ । हिजोदेखि वीरगन्जमा जारी गणतान्त्रिकको विस्तारित बैठकमा आज बोल्न बाँकी सहभागीले कार्यवाहक अध्यक्ष राजकिशोर यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आआफ्नो धारणा राख्ने बरिष्ठ नेता बीपी यादवले सीआईएनलाई जानकारी दिनुभयो । नेता यादवका अनुसार पार्टीको भावी रणनीतिको बारेमा सात बुँदे वीरगन्ज घोषणापत्र जारी गर्दै आजै विस्तारित बैठक समापन गरिनेछ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा पार्टीको आवद्वता, सङ्गठन सुदृढीकरण,राजनीतिक निकासमा पार्टीको भूमिका लगायतका विषय घोषणपत्रमा समावेश हुने बरिष्ठ नेता यादवले बताउनुभयो । विस्तारित बैठकले केन्द्रीय सदस्य नन्दनकुमार दत्त, आत्मरामप्रसाद साह, सूरीताकुमारी शाह राजिव झालाई गरिएको कारबाहीलाई स्वीकृत गरेको छ । विस्तारित बैठकमा तराई, मधेसका १३ जिल्लाका करिब २ सय नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।