Responsive Ad Slot

latest

आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्रहरू आज पनि बन्द ।।

Friday, July 13

/ by Unknown
काठमाडौं  असार २९  गते । सरकार र त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घबीच हिजो भएको वार्तामा ठोस सहमति हुन नसकेपछि आज पनि मुलुकभरका आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्रहरू बन्द भएका छन् । एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका प्राध्यापकहरुसँग अर्थ मन्त्रालयमा भएको छलफलमा एक वर्षदेखिको तलवभत्ता दिन पुग्ने गरी रकमको जोहो हुन नसक्दा प्राध्यापक सङ्घले आन्दोलन फिर्ता नलिने अडान राख्दै आज  पनि बन्द जारी हुने सङ्घका महासचिव पे्रमराज खनियाँले बताउनुभयो । अर्थमन्त्री वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा, अर्थसचिव कृष्णहरि बाँस्कोटा, शिक्षासचिव किशोर थापा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा गणेशमान गुरुङ, सदस्यसचिव भोला पोखरेलको त्रिवि पदाधिकारीसँग भएको वार्तामा तलबभत्ता उपलब्ध गराउन रकमको खोजी गर्ने विषयमा छलफल भए पनि कहाँबाट ल्याउने भन्नेमा सहमति जुट्न सकेको छैन । एक वर्षको बढ तलब भत्तावापत रु ८० करोड लाग्ने भए पनि शिक्षा मन्त्रालयसँग जम्मा रु ४०  करोड मात्र रहेको बताइएको छ । सहमति जुट्न नसकेपछि अर्थ मन्त्रालयले बाँकी रकम कहाँबाट ल्याउन सकिन्छ भन्ने विषयमा परामर्श दिन अर्थ र शिक्षा मन्त्रालय, त्रिविविका रजिष्ट्रार सम्मिलित समिति गठन गरेको र आज पुनः छलफल गरेर रकमको बन्दोबस्त गर्ने तयारी गरिरहेको जनाइएको छ । सङ्घले आह्वान गरेको दुई दिने बन्दका कारण काठमाडौँ उपत्यकाका महेन्द्ररत्न क्याम्पस ताहाचल, रत्नराज्य क्याम्पस प्रदर्शनीमार्ग, भक्तपुर बहुमुखी क्याम्पस, पद्मकन्या क्याम्पसलगायत मुलुकका सबै आङ्गिक क्याम्पस ठप्प हुँदा पठनपाठन प्रभाविक बनेको छ ।     उपत्यकामा २२ र उपत्यका बाहिरका ३८ गरी मुलुकभरका ६० आङ्गिक क्याम्पस र चार अनुसन्धान केन्द्रमा हाल १५ हजार २ सय ७६ जना प्राध्यापक र कर्मचारीले बढेको तलब र महँगीभत्ता नपाएको गुनासो सङ्घले गर्दै आएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI