इन्द्र बजगाँई, रेडियो ताप्लेजुङ असार २७ गते । समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गएको छ । ह्वाकु ६
बस्ने ७ महिनाकी गर्भवती १८ वर्षीया विमला कालीकोटेको उपचार अभावमा ज्यान
गएको स्थानीय अक्कलबहादुर इङ्नामले जानकारी दिनुभयो । हिजो दिउँसो काम गर्न
मेला गएदेखिनै कालिकोटे विरामी हुनुहुन्थ्यो । कालिकोटेका परिवारले
स्वास्थ्य सस्था लैजानुका सट्टा धामी झाँक्रीको भरमा राखेपछि मृत्यु भएको
हो । गएराति कालिकोटेलाई विरामले धेरै चापेपछि बान्ता पनि भएको थियो । तर
राती स्वस्थ्य संस्था लैजान समस्या भएको र रातभरी विरामीको अबस्था नाजुक
हुदै गएपछि बिहान साँढे चार बजे कालिकोटेको ज्यान गएको हो । कालिकोटेको
पहिलेको बच्चाको पनि जन्मिएको एक महिनामा ज्यान गएको थियो ।