काठमान्डौ साउन ११ गते ।पूर्व विशिष्ट अधिकारीहरुलाई सरकारले प्रदान गरेको आजीवन सुविधाविरुद्ध आन्दोलित नागरिक समाजका प्रतिनिधिहरुले आजबाट रिले अनशन सुरु गर्दैछन् । पूर्व प्रशासकले नेतृत्व गरेको अनशन टोलीले अहिले केहिबेरपछि रत्नपार्कमा रहेको शान्ति वाटिकामा रिले अनशन सुरु गर्न लागेको छ । पूर्व सचिव खेमराज रेग्मीको नेतृत्वमा २४ घण्टे रिले अनशन सुरु गर्न लागिएको नागरिक समाजले जनाएको छ । रिले अनशनलाई नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसियसनले नैतिक समर्थन जनाएको पत्रकार महासंघका सचिव जगत नेपालले जानकारी दिनुभयो । आन्दोलनको पहिलो चरणमा नागरिक समाजले हिजो ‘पूर्व विशिष्ट अधिकारीलाई दिइएको सुविधा खारेज गर,’ लेखिएको पम्प्लेट देशभरका चोकचोकमा टाँसेको थियो ।
पूर्व प्रशासकहरु आजबाट रिले अनशनमा ।।

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com