आज साउन १ गते अर्थात साउने हिन्दुहरुले साउने सङ्क्रान्तिलाई कर्कट
संक्रान्तिका रुपामा पनि मनाउने गर्दछन् । मानु खाई मुरी उब्जाउने कथन
अनुसार वर्षामा खेतीको काम सकेर हिलोमैलो पखाली भोज खाने प्रचलन छ । असारे
हिलोबाट आउन सक्ने रोगबाट बच्न लुतो फाल्न पनि यो चाड मनाउने गरिन्छ ।