प्रकाश सुन्दास,, काभ्रेपलाञ्चोक साउन १६ गते ।।। बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्गमा स्थानीय बासिन्दाहरुले सवारी सञ्चालनमा ६ दिनदेखि रोक लगाएका छन् । गत बिहिवार राजमार्ग भएर सिन्धुली बर्दिवास चल्ने हिमाल तराई यातायातको बा २ ख २४२८ नम्बरको यात्रु बाहक बसको ढोकाबाट खसेर काभ्रेको मंगलटारमा काभ्रेकै खार्पाचोक गाविस बडा नम्बर ८ की महिला स्वास्थ्य स्वयंम सेविका मानकुमारी मल्लको उपचारका क्रममा मृत्यु भएको थियो । उचित क्षतिपूर्तिको माग राख्दै आफन्तहरुले राजमार्गमा हिमाल तराई यातायातका बस सञ्चालन गर्न नदिएको काभ्रेका प्रहरी प्रमूख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो । यातायात सञ्चालन नभएपछि दैनिक आवात जावतमा निकै समस्या भएको छ । यात्रुबाहक बस नचलेपछि बीपी राजमार्गमा अहिले नेपालथोकसम्म मिनिट्रकमा २ देखि ३ सय रुपैँया भाडा तिरिरे स्थानीयहरु यात्रा गर्न बाध्य भएका छन् । बस र चालकलाई नियन्त्रणमा लिएको र यातायात