काठमाडौ, असार १९
आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरुमा रहेका अन्धकाररुपी अज्ञानता हटाउने गुरुलाई महान मानिन्छ ।
आफूलाई शिक्षा दिने गुरुप्रति आदर र सम्मान प्रकट गर्दै मंगलवार गुरुपूर्णिमा मनाईंदैछ । विद्यालय, क्याम्पस लगायतका शिक्षालयहरुमा मंगलवार गुरुको सम्मानमा बिभिन्न कार्यक्रम हुँदैछन् । संस्कृत भाषामा गु को अर्थ अन्धकार र रु को अर्थ नष्ट गर्ने हुन्छ ।

हिन्दु मान्यता अनुसार संगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा,
मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति गुरु
मानिन्छन् । यस्तै पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा,
ब्राम्हण र काकालाई पनि गुरुकै कोटीमा राख्ने चलन छ ।
वेदव्यास ऋषिको जन्मजयन्तीको अवसरमा गुरुपूर्णिमा मनाइने गरिन्छ । हिन्दू
धर्मावलम्बीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका
रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरु
पूर्णिका रुपमा मनाउने गर्छन् ।