Responsive Ad Slot

latest

मितेरीद्धारा दुई कलाकर्मीलाई सम्मान तथा विदाई ।

Tuesday, July 3

/ by Admin BHOLA THAPA

प्रेम लामा /एनक्युखबर संवाददाता
कतार
“कला र साँस्कृतिको उत्थान गरौ”,“नेपाल र नेपालीको पहिचान गरौ” भन्ने मुल नारा लिएर कला र साँगितीक क्षेत्रमा अघि बढी रहेको मितेरी फिल्मस साँस्कृतिक समूहद्धारा आफ्ना सदस्य कलाकर्मी द्धय बिणा लामा र निलम श्रेष्ठलाई सम्मान तथा विदाई गरेका छन् । विदाई भएका दुवै जना कलाकर्मी नृत्य विधाका हुन् । दुवै जनाले दोहामा भएका कार्यक्रमहरुमा भाग लिंदै आएको थिए । अध्यक्ष अमित बराईलीको सभापत्विमा सम्पन्न सो सम्मान विदाई कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र भाट, विशेष अतिथिमा नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुवेदी रहेका थिए । अतिथिहरुमा चितवन यूवा समुहका कार्यवाहक अध्यक्ष भुमिराज कार्की, नेपाली महिला समाजका उपाध्यक्ष रोजीना बास्तोला, गैर आवासीय नेपाली संघ राष्ट्रिय सचिवलयका सदस्य राम बाबु थापा, नेपाल प्रवासी साँगितीक परिवारका अध्यक्ष शक्ति क्षेत्री लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए । रोजगारीका सिलसिलामा विदेशमा रहेर पनि नेपाली कला तथा साँस्कृतिलाई जर्गेना गर्ने कार्यमा लागेका कलाकर्मीहरुले निकै राम्रो कार्य गरेकोमा प्रशंस तथा आगागी दिनहरुमा पनि निरन्तरताको कामना शुभकामना अतिथिहरुले दिएका थिए ।

मितेरी फिल्मस समूहलाई सहयोग गर्ने सामाजिक संस्थाहरुलाई पनि सम्मान गरेका थिए । सम्मानित हुने संस्थाहरुमा चितव यूवा सेवा समाज, मोरङ सुनसरी सेवा समाज, रोल्पा जलजला सेवा समाज, स्याङ्गजा सेवा समाज, केशवटार सेवा समाज, आरम्भ नाटय डबली, श्रमिक गेष्ट प्यालेस रहेका छन् त्यसैगरी ब्यक्तिगत रुपमा सम्मान पाउनेहरुमा भूमिराज कार्की, रामबावु थापा, राजन कार्की, कमल भारती, निमकला गुरुङ्ग, प्रमिला बस्नेत, रोजिना बस्तोला, कुलदिप थपलिया, मिलन बानियाँ, धन बहादुर बस्नेत, प्रकाश परियार, कमल आचार्य, जगन्नाथ सुवेदी, विपिन बराल, मुन्नि मोक्तन र गोप सुनार रहेका छन् ।
मितेरी साँस्कृतिक साँझा कार्यक्रमलाई सफल बनाउने विभिन्न विधाका कलाकाहरुलाई पनि सम्मान गरेका थिए । नृत्य तथा लोक गायनका विधामा सम्मान गरेका थिए । यसरी सम्मानित हुने कलाकर्मीहरुमा विनोद लामा, दिपक परियार, अनिता लामा, संगीता लामा, बर्षा थापा, विणा लामा, सोम वहादुर तामाङ्ग, रविन खनाल, अमृत लामा, रेली तामाङ्ग, बावुराम परियार, तिलक रामदाम, कमल लामा, हेमकृष्ण चापागाँई, बलेन्द्र सुनार, सन्तोष लामा, राजेन्द्र देवकोटा, कमल आचार्य,सुमन भारती, कृष्ण परियार, रहेका थिए । कार्यक्रम संचालन राजेन्द्र देवकोटाले गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI