विनोद परियार,, बुटवल साउन १५ गते !!!!रुपन्देहीमा मौसमजन्य रोगको संक्रमण बढेको छ । रोगको संक्रमण बढ्न थालेपछि बुटवल र भैरहवाका अस्पताल भरिएका छन् । भाईरल ज्वरो, झाडापखला, टाईफाईट रुघाखोकी जस्ता रोगका विरामीहरुले याहाँका सरकारी र निजि मेडीकलहल भरिएका हुन । गर्मी मौसम र बर्षातका कारण विरामी बढेको चिकित्सकहरुले बताएका छन् । साउनको पहिलो हप्ताबाट भाईरल ज्वरो, टाईफाईट र रुघाखोकीका विरामीहरु बढेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीका अनुसार अंचल अस्पतालमा अहिले दैनिक एक हजार विरामी उपचारका लागि भर्ना हुने गरेका छन् । अंचल अस्पतालमा सामान्य अवस्थामा ४÷५ सय सम्म विरामीहरु भर्ना हुने गरेका थिए । वर्षाका समयमा बेलामा रुघाखोकी, झाडापखला, टाईफाईट, हैजा जस्ता रोगको संक्रमण हुने भएकाले पानी र खानेकुरामा ध्यान दिन चिकित्सकहरुले आग्रह गरेका छन् ।