बिष्णु गौडेल,
नवलपरासी असार २० गते । नवलपरासीमा आथिक
वर्ष २०६८÷०६९ का लागि छुट्याइएको कुल १० प्रतिशत योजनाका रकम फ्रिज हुने
अवस्था पुगेको छ । जिल्ला विकास समितिबाट विकास निमार्णका काममा सबै
योजनाहरु समयमा सम्झैता हुन नसक्दा बाँकी रकम फ्रिज हुन लागेको हो ।
जिल्लामा पटक पटकको आन्दोलन र बिभिन्न
कारण समयमा योजना हुन नसक्नु साथै मन्त्रालयले जेठ मासान्तपछि कुनै पनि
योजना सम्झौता नगर्न जिविसमा परिपत्र गरेकाले रकम फ्रिज हुने अवस्था
देखिएको हो ।
यसरी समयमै योजनाहरु सम्झौता हुन
नसक्दा एकतर्फ चालु आर्थिक बर्षमा जिल्लामा हुने विकास निमार्णका काममासमेत
कमी आउने देखिएको छ भने जिल्ला विकास योजनासमेत प्रभावकारी रुपमा अघि बढ्न
सकेको छैन । जिविसमा यस चालु आर्थिक बर्षको केन्द्रिय योजना तर्फ ९१
प्रतिशत योजनाहरु सम्पन्न भईसकेका छन् । भने जिविस कोष तर्फ कुल ६२ प्रतिशत
योजना मात्र सम्पन्न भएका छन् ।
तर केन्द्रिय स्तरका केही योजनाको रकमहरु फ्रिज हुने अवस्थामा रहेको जिविसका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।