असार २४ – रासायनिक मलको अभाव भइरहेका बेला प्राङ्गागरिक मल प्रयोगको अभियान घोषणा भएको छ । नेपाल अर्गानीक फाउण्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेको हो ।अभियानमा पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश वास्कोटा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल, पूर्व सदस्य हरिकृष्ण उपाध्याय, पूर्व अर्थसचिव एवं राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहाकार विद्याधर मल्लिक, कृषि विकास बैंकका पूर्व महाप्रवन्धक श्रीकृष्ण उपाध्याय, मदन राई लगायत सहभागी छन् ।फाउण्डेसनले तत्काल सबै किसानलाई प्राङ्गारिक मलको प्रयोग गरेर अर्गानीक खेतीबारे जानकारी गराउन नसकेपनि केही वर्षभित्र सबै किसानसम्म अर्गानीक कृषि प्रणालीको विकास गराउने लक्ष्य राखेको छ ।फाउण्डेसनले प्राङ्गारिक मल उत्पादन गर्ने गर्ने रहेक किसानलाई एउटा गाई वा भैसी बरारबर बर्षमा कम्तीमा ६ हजार रुपैयाँ अनुदान दिन माग गरेको छ । यस्तै एक पटकका लागि गोठ सुधार, कम्पोष्ट पिट निर्माण, गहुत संकलन तथा जैविक किटनाशक, ट्याङक निर्माण वा खरिदका लागि किसानलाई क्षमता हेरी आवश्इक लागत अनुदान दिन पनि फाउण्डेसनले माग गरेको छ ।फाउण्डेसनले प्राङ्गारिक बस्तुको निर्यात प्रवद्र्धन गर्न निर्यात परिमाण हेरी १५ देखि २५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था अवको बजेटमा व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । नीति निर्माण तहमा रहेका पूर्व प्रशासकहरुले रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउदै लैजानु पर्नेमा जोड दिएका छन् । उनिहरुले रासायनिक मलको प्रयोग घटाउँदै नलगे माटोको उर्वराशक्ती क्षिण हुँदै उत्पादकत्व घट्ने र लागत बढ्ने बताएका छन् । यसले स्वदेशको उत्पादन विदेशको उत्पादनसँग प्रतिपष्पर्धा गर्न नसक्ने हुँदा जिविको पार्जनमा समेत समस्या हुन सक्ने पूर्व प्रशासकहरुको ठम्माई छ । पूर्व प्रशासकहरुले रासायनिक मलमा दिइदै आएको अनुदान प्राङ्गारिक मलमा दिन सरकारलाई सुझाव समेत दिएका छन् । अहिले नेपालमा बार्षिक ७ लाख टन रासायनिक मलको माग रहेको छ ।यसका लागि सरकारले १५ अर्व रुपैयाँ भन्दा बढी अनुदान दिनु पर्छ तर सरकारले अहिले बर्षिक रासायनिक मल खरिदका लागि ३ अर्व रुपैयाँ बराबरको बार्षिक अनुदानले एक लाख पचास हजार टन मात्रै रासायनिक मल आपूर्ति गर्न पुग्ने गरेको छ । यसले गर्दा किसानले खेती लगाउने समयमा हरेक बर्ष रासायनिक मल सहज रुपमा पाउन सकिरहेका छैनन ।फाउण्डेसनले दिगो कृषिको विकासका लागि प्राङ्गारिक मलको प्रयोग गर्नु नै उपयुक्त विधि हुने जिकिर समेत गरेको छ ।