अशोक पहाडी,
रौतहट असार २० गते । रौतहट कारागारमा सात
वर्षिय बालक आमासँगै बस्न बाध्य भएका छन् । महिला बेचबिखनमा संलग्न भएको
आरोपमा जेल जीवन विताइ रहेकाी चन्द्रनिगाहपुर–३ गैडाटारी राजकुमारीदेवी
धामीसँगै उनका सात बर्षीय छोरा कालुवा धामी जेलमा बसिरहेका छन् ।
धामीले घरमा छोराको स्याहार गर्ने
कोही नभएपछि छोरालाई आफूसँगै राखेको बताईन् । जेल प्रशासनले रेखदेख गर्ने
मान्छे नभएका कारण आमासँगै कालुवालाईसमेत जेलमै बस्ने व्यवस्था मिलाएको
बताएको छ । तीन महिना पहिला आमासँगै कारागार छिरेका सात वर्षीय कालुवा
विद्यालय जानबाटसमेत बञ्चित भएका छन् ।
आमाले जेलमा पाउने सुविधाबाटै आमा
छोराले गुजारा चलाएका छन् । जिल्ला कारागार गौरको महिला बन्दीगृहको अवस्था
नाजुकरहेका कारण कलुवालाई कारागार मुक्त गर्नु पर्ने भएपनि रेखदेख गर्नेको
अभावका उनले आमाले पाएको सजायको भागिदार बन्नु परेको छ ।