एन आइ न्यूज इजरायल, साउन ८,-सिन्धुपाल्चोक हेलेम्वु स्थायी घर भई विगत ६ बर्ष अघिदेखि इजरायलको जेरुशलेममा केयरगिभरको काम गर्ने कामी शेर्पा नाम गरेकी नेपाली युवती मृत अवस्थामा फेला परेको काभ्लाभेद जेरुशलेमलाई उदृत गर्दै कुआख ला ओभदिमका केन्द्रिय प्रतिनिधी तथा जनप्रगतिशिल मञ्च इजरायलका महासचिव रमेश शर्माले बताउनुभयो । शर्माले काभ्ला ओभेद जेरुशलेम व्रान्चका प्रवन्धक सारा टेनेन्ट (सारिका) ले जेरुशलेमको किंग जर्ज मार्गस्थित गोलमेन मेन पावर एजेन्सी मार्फत काम गर्ने कामी शेर्पा नामक नेपाली महिला मृत फेला परेको जनाउदै निजको इजरायलमै कार्यरत आफन्तलाई यथाशक्य चाँडै काभ्ला ओभेद जेरुशलेम वा गोलमेन एजेन्सीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यस्तै यसै सन्दर्भमा हामीले जेरुशलेमस्थित मृतक शेर्पाले काम गरिरहेको एजेन्सी गोलमेनमा सम्पर्क गरी मृतकको विवरण लिने कोसिस गरेका थियौ । सम्पर्कमा गोलमेन एजेन्सीकी मायाले कामी शेर्पा नामक नेपाली महिलाको मृत्यु भएको बताए पनि शेर्पाको राती वा आज विहान कतिखेर मृत्यु भएको हो भन्नेबारेमा स्पष्ट जानकारी दिन सकेन ।
त्यस्तै यसै विषयलाई लिएर नेपाल इजरायल डट नेटले नेपाली राजदुतावास इजरायलमा सम्पर्क गरी लिएको जानकारी अनुसार २२ जुलाई आइतवार साँझ ५ बजे मृतक कामी शेर्पाको मृत शरिर फेला परेपनि कहिले मृत्यु भएको हो र मृत्युको कारण बारे कुनै आधिकारीक जानकारी प्राप्त नभएको जानकारी दियो । श्रोतका अनुसार हाल मृतक कामी शेर्पाको पार्थिव शरिरलाई तेलअभिवस्थित आवुकाविर अस्पत्तालमा ल्याइएको छ । यस विषयमा अन्य विस्तृत जानकारी लिने प्रयासमा छौ, जानकारी प्राप्त हुँदासाथ अपडेट गर्नेछौ हेर्दै गर्नुहोला ।