काठमान्डौ असार २५ गते । एकीकत नेकपा माओबादीको पोलिटव्युरो बैठक आजबाट सुरु हुँदैछ । मुलुकको राजनीतिमा देखा परेको नयाँ परिस्थितिको मुल्याङ्कन,पार्टी विभाजनपछिको समीक्षा र भावी कार्ययोजना तय गर्न आज एकीकृत माओवादीको पोलिछव्युरो बैठक बस्न लागेको हो । आगामी साउन १ गतेदेखि बोलाइएको केन्द्रीय विस्तारित बैठकको बारेमा पोलिटव्युरो बैठकले निर्णय गर्ने माओवादीले जनाएको छ । दिउँसो २ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बैठक सुरु हुने पोलिट्व्युरो सदस्य लोकेन्द्र विष्टले जानकारी दिनुभयो ।
आजको बैठक विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पस गर्ने दस्तावेजका विषयमा छलफल केन्द्रित हुने विष्टले बताउनुभयो । प्रचण्डको प्रस्तावमाथि आज पोलिट्व्युरोमा छलफल हुने र पर्सि बोलाइएको केन्द्रीय समितिले अन्तिम रुप दिने बताइएको छ । केन्द्रीय विस्तारित बैठकबाट पार्टी भित्रका सबै बिचार समूहलाई एक बनाइ गुटउपगुट अन्त्य गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेजमा समावेश गरेको माओवादी स्रोतले जनाएको छ ।