सुजीता न्यौपाने, मकवानपुरआज बिहान हेटौंडामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हेटौंडा १, चाइनाक्वाटरका ७ वर्षका नरेश श्रेष्ठको करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको हो । राप्ति खोलामा नुहाउन गएको समयमा करेन्ट लागेर बालकको मृत्यु भएको हो । खोला नजिकको विजुलीको पोल ढलेर उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।