Responsive Ad Slot

latest

जिल्ला कारागार भरतपुरका कैदी तथा बन्दीहरुको नगदी सिदा निकासा

Sunday, July 15

/ by Unknown
नारायण सापकोटा ÷चितबन ,असार ३१       गत बैशाख देखी रोकिएको जिल्ला कारागार भरतपुरका कैदी तथा बन्दीहरुको नगदी सिदा निकासा भएको छ । हरेक महिनाको १५÷१५ दिनमा दिनुपर्ने चामल तथा रकम निकासा नहुंदा बिभागबाट बजेट निकासा नहुदा रोकिएको थियो । रकम नहुंदा जिल्ला कारागार भरतपुरका कैदी तथा बन्दीहरुलाई दैनिक गुजारा गर्न समस्या भएको गुनासो गरेका थिए ।
       आफुहरुले नगदी सिदा नपाएका कारण चामल बाहेक अन्य सामान खरीदमा समस्या भएको कारागारका कैदि बन्दीहरुले गुनासो थियो । रकम निकासा भएपछि भने दैनिक खर्चका लागि केही राहत भएको उनीहरुले बताएका छन् । उनीहरुलाई केही दिन अधि ५ लाख रुपैया“ र आज ६ लाख गरी ११ लाख रुपैया निकासा गरिएको कारगारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।            उनीहरुको बैशाख १ गते नै सरकारबाट पाउने दैनिक खर्च रोकिएको थियो । नगदी सिदा अन्तगर्त कारागारमा रहेका बन्दी
कैदीहरुले दैनिक ४५ रुपैयाँ पाउने गरेका थिए ।
उनिहरुले मासिक १३ सय ५०
रुपैयाँ पाउने गरेका छन् । १ सय ५० जनाको क्षमता भएको कारागारमा अहिले तेब्बर कैदी तथा बन्दीहरु रहदै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI