सागर श्रेष्ठ तनहुँखबर डटकम दोहा जुलाई १६ तारिख । रोल्पा ओत गा .वि. स. वडा नं ४ घर भई हाल कतारमा ड्राईभर भिजामा आएका २३ बर्षीय गणेश तोकिए बमोजिमको काम नपाउदा अन्योलमा परेका छन् । उनि गत असार ४ गते नेपालबाट कतारकालागि आएका थिए । SOS Manpower मार्फत रु १०,००,०० नगद दिएर“Percept International Trading & Contracting W.L.L.”मा आइपुगेका गणेशलाई आउदा एग्रिमेन्टमा मासिक १२०० रियलमा हस्ताक्षर गरेर ल्याइएको रहेछ । कम्पनिमा आइपुग्दा भने बमोजिम काम दिन नसक्ने र अहिले तत्काल ड्राइभरको जरुरत नभएको भन्दै लेभरमा काम गर्न दवाव दिइरहेको र तलव पनि मात्र ८०० रियल दिने भने पछि काम गर्न अस्विकार गर्दै निकासको उपाय खोज्दै दुतावाससम्म धाउदै छन् ।
नेपालका एजेन्ट मनोजलाई सम्पर्क गर्दा आफु पन्छिन खोज्दै अर्कैको नम्वर दिएर सोध्न भन्दै खासै चासो लिएनन् र पहिला त अफिसले बेर्होछ फर्किएमा भन्दै थियो तर पछि सम्पर्क विहिनमा रहेका छन् भने यहां गणेश भने कसरी निकास पाइन्छ र भनेबमोजिमको काम नपाइएमा कम्पनिले टिकट दिएर पठाउनु पर्ने भन्दा जाने भए आपmै टिकट लिएर जा भने पछि कम्पनिले वास्ता नगर्दा आपm्नै क्याम्पमा साथिहरु संगै बस्दै आइरहेका छन् र हाल कम्पनिले खानलाई समेत पैसा नदिएको हुदा अल्पत्रमा परेका छन् ।