Responsive Ad Slot

latest

तेस्रो डिभिजनका लडाकूले तत्कालको लागि आन्दोलन स्थगित

Saturday, July 7

/ by Admin BHOLA THAPA
असार २३ ( सेना समायोजन गर्ने प्रकृया सम्मानजनक नभएको भन्दै आन्दोलनमा उत्रेका चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनका लडाकूले तत्कालको लागि आन्दोलन स्थगित गरेका छन् । प्रधान मन्त्री डा बाबुराम भटटराईले समायोजन प्रकृयामा देखिएका समस्या समाधानका लागि  सरकारले विचार गर्ने र समायोजन सम्मानजनक नै हुने  अभिव्यक्ति दिएपछि तत्कालको लागि आन्दोलन स्थगित गरिएको लडाकूहरुले बताएका छन् ।तेस्रो डिभिजनमा आज वसेको लडाकूहरुको झण्डै ६ घण्टा लामो वैठकले चितवन सहित देशैभरीका लडाकूले उठाएको विषयमा सरकार गम्भीर देखिएकाले  तत्तकालका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको वटालियल कमाण्डर देवीप्रसाद ढकालले जानकारी दिनुभयो ।फेरि पनि उही मापदण्डमा समायोजन गर्न खोजे शसक्त आन्दोलनमा उत्रने प्लाटुन कमाण्डर नारायणप्रसाद वरालले बताउनुभयो । आन्दोलन स्थगित भएपछि समायोजनको प्रकृया भने अगाडी बढेको छैन । नेपाल सरकारको नया“ निर्देशन र पहलपछि समायोजन प्रकृया अगाडी बढ्ने नेपाली सेनाले जनाएको छ ।
ल्भधक अगत
Don't Miss
© all rights reserved
made with by netKUTI