काठमान्डौ असार २० गते । समायोजन
रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया आजदेखि सुरु हुने भएको छ । सेना
समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशनबमोजिम नेपाली
सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु गर्न लागेको हो ।
संविधानसभा विघटनपछि शान्ति प्रक्रिया
अन्योलमा परेको थियो । छनोटप्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा
सेनाले टोली पठाएको छ । अधिकृत तहको छनोट चिवतनमा रहेको शमशेर गणमा हुनेछ
भने अरूको छनोट सम्बन्धित विरशमारमै हुने सेनाले जनाएको छ ।
विशेष समिति सचिवालयले समायोजना जान
चाहने लडाकुहरूको व्यक्तिगत अभिलेख सेनालाई पठाइसकेको छ । स्थापित
मादपण्डअनुसार लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा लडाकुहरूको
छनोटप्रक्रिया सुरु गरिन लागेको हो ।
पहिलो चरणमा लडाकुहरूको शारीरिक
योग्यताको जाँच गरिने सेनाले जनाएको छ । मापदण्डभित्र नपर्ने लडाकुहरूलाई
स्वेच्छिक अवकाशको अवसर दिइने छ । झन्डै दुई महिनादेखि समायोजन रोजेका ३
हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ । (सिआईएन)