Responsive Ad Slot

latest

आर्थिक अध्यादेश पारित गर्न मन्त्रिपरिषद्को बैठक ।।

Sunday, July 15

/ by Unknown
काठमाडौं असार ३१ गते । आर्थिक अध्यादेश पारित गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले केहीबेरमा सुरु हुने बैठकमा आर्थिक वर्ष २०६९÷७० को लागि सरकारले ल्याउने बजेट र त्यसको प्रक्रियाको बारेमा छलफल हुने सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सीआईएनलाई जानकारी दिनुभयो । विपक्षी दलहरुले अन्तरिम संविधानको ’धारा ९६ क’ बमोजिम बजेट ल्याउन भने पनि सरकारले अन्तरिम संविधानको धारा ८८ मात्र उधृत गरी अध्योदश जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ । साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले त्यसपछिको आम्दानी उठाउने र खर्च गर्ने व्यवस्थाको लागि आर्थिक अध्यादेश ल्याउन लागिएको हो । पूर्ण आकारको बजेट ल्याउने सरकारी तयारीको विपक्षी दलहरुले विरोध गरेपछि चालू आर्थिक वर्षमा भएको कुल खर्चको एक तिहाइको आधारमा आगामी आर्थिक वर्षको चार महिनाको लागि सरकारले बजेट ल्याउने तयारी गरेको हो । आगामी आर्थिक वर्षको चार महिनाको लागि सरकारले एक खर्ब २० अर्ब रुपैँया बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । यो रकमले करिब ४÷५ महिनाको कर्मचारीको तलब,भत्ता वितरणको लागि धान्ने भए पनि विकास, निर्माणको खर्च भने ठप्प हुने भएको छ । बजेटमा नयाँ निर्वाचन, शान्तिप्रक्रिया, थपिएका दुईवटा मन्त्रालयका लागि रकम भने अध्यादेशमा थपेर ल्याइने  भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI