Responsive Ad Slot

latest

मनोनयन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न ।

Saturday, July 7

/ by Admin BHOLA THAPA
एनक्युखबर संवाददाताकाठमान्डौ २३ गते ।

गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएको म्यूजिक खबर डट कम को आयोजनामा हुँदै गरेको म्यूजिक खबर  म्यूजिक अवार्ड– २०१२ को मनोनयन प्रमाणपत्र बितरण कार्यक्रम आज सम्पन्न भएको छ । राजधानीको त्रिपुरेश्वरस्थिति सुजल क्याफे एण्ड सोफा  रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्यूजिक खबर म्यूजिक अवार्डमा

मनोनयनमा परेको २२ बिधाका उत्कृष्ट ५ का गीतसंगीत र स्रष्टाहरुलाई  मनोनयनको प्रमाणपत्र बितरण गरिएको हो ।
 म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रममा वरिष्ठ अतिथिहरु चलचित्र संघका महासचिव प्रदीपकुमार उदय,  चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, रोयल्टी संकलन समाजका  अध्यक्ष राजेन्द्र थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ  उपाध्यक्ष एवं समाजको नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली,  चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदीप निरौला, वरिष्ठ संगीतकर्मी नारायण रायमाझी, बरीष्ठ संगीतकार सुरेश अधिकारी एवं जनगायक जेबी टुहुरेको उपस्थितिमा उत्कृष्ट ५ मा मनोनयनमा परेका कलाकारहरुलाई मनोनयन प्रमाणपत्र  बितरण गरिएको हो भने सुजल क्याफे एण्ड सोफा रेष्टुरेन्टका संचालक रामजी अवालले पनि मनोनयन प्रमाणपत्र बितरण कार्य गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय गीत, पप गीत, लोकदोहारी गायक, लोकदोहोरी गायिका,  लोकदोहोरी भाका, लोकदोहोरी शब्द, लोकदोहोरी म्यूजिक भिडियो, चलचित्र  पाश्र्व गायक, चलचित्र पाश्र्व गायिका, चलचित्र पाश्र्व संगीत, चलचित्र  गीत रचना, नवप्रतिभा, युगल गायन, जस्ता विधाको उत्कृष्ट ५ मा परेका  कलाकारहरु डी.आर, हरि विष्ट, विरही कार्की, शिव थापामगर, रेणु विष्ट, अजित घिसिङ, आस्था बी, बद्री पंगेनी, वसन्त थापा, नरेश खाती क्षेत्री,  शिव विक, एकनारायण भण्डारी, शान्तिप्रिय, माण्डवी त्रिपाठी, प्रमोद खरेल, प्रल्हाद तिमिल्सिना, साहिमा श्रेष्ठ, दुर्गा थापामगर लगायतकाले उत्कृष्ट  ५ को मनोनयन प्रमाणपत्र लिएका थिए ।
त्यसैगरी सुगम संगीततर्फ ध्वनि मिश्रण, सुगम संगीत संगीत संयोजन, म्यूजिक  भिडियो, गीत रचना, संगीत, गायक, गायिका एवं उत्कृष्ट एल्बमका लागि  संगीतकार सन्तोष श्रेष्ठ, वी.वी अनुरागी, रेखा पौडेल, दीपक शर्मा, हेमन्त  शर्मा, गायत्री थापा, दीपा पन्तलगायतले मनोनयनको प्रमाणपत्र हात पारेका  थिए । बाक्लो कलाकार, संगीतकर्मी एवं पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम शशि शर्मा मजगैयाँले संचालन गरेका थिए भने कार्यक्रममा आयोजक
तर्फबाट अवार्ड आयोजकका सदस्य सचिव कृष्ण भुसालले कार्यक्रमको
उद्देश्यमाथि प्रष्ट पार्दै मन्तव्य दिएका थिए । कार्यक्रम साउन ७ गते
राष्ट्रिय नाचघर जमलमा भव्य रुपमा सम्पन्न पार्ने बताउँदै कार्यक्रमका
अध्यक्ष सुमन बैरागीले गीतसंगीतमा लाग्नुहुने सम्पूर्ण स्रष्टाहरुलाई अझ
राम्रोभन्दा राम्रो गीतसंगीतलाई बजारमा ल्याउन प्रोत्साहन दिँदै मनोनयनमा
परेका उत्कृष्ट पाँचका कलाकारहरुलाई धन्यवाद दिएका थिए ।
जुरीको निर्णयलाई आधार मान्दै उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको
थियो भने आगामी साउन ७ गते कार्यक्रममा जुरीको निर्णयबाटै उत्कृष्ट १ ले
म्यूजिक खबर म्यूजिक अवार्ड –२०१२ को अवार्ड हात पार्नेछन् । गीतसंगीतको
पत्रकारितामा ऐतिहासिक रुपमा लिइएको एवं चर्चामा रहेको म्यूजिक खबर
म्यूजिक अवार्ड –२०१२ पत्रकारिताको क्षेत्रबाट गरिएको एक मात्र म्यूजिक
अवार्ड भएको आयोजकको दाबी छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI