काठमाडौं साउन १५ गते !!!!हिजोदेखि राजधानी काठमाडौंमा सुरु भएको नेपाल–बङ्गलादेश चौथो वाणिज्य सचिवस्तरीय वार्ता बिभिन्न सम्झौतामा हस्ताक्षरगर्दै आज सकिदैछ । वार्तामा नेपाली कृषि वस्तुलाई शून्य भन्सार सुविधा दिन बङ्गलादेशको टोली सहमत भएको छ । भन्सारसहित अन्य सुविधा आदानप्रदान गर्ने सहमतिमा आज हस्ताक्षर हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले जानकारी दिनुभयो । वार्तामा १५ सदस्यीय नेपाली पक्षको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जोशीले गर्नुभएको छ, भने आठ सदस्यीय बङ्गलादेशी टोलीको नेतृत्व त्यहाँका वाणिज्य सचिव मोहम्मदगुलाम हुसेनले गर्नुभएको छ । नेपालबाट दाल, पिना, अलैँची, गहुँ, तरकारीका बीउबिजन र चाउचाउ सहजै बङ्गलादेश निर्यात गर्ने बारेमा छलफल भएको छ ।