काठमाण्डौं, असार १९
काङ्ग्रेस, एमाले गठबन्धनमा रहेका दलहरुको आज बसेको बैठकले अहिलेको सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय बल्खुमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराई तुरुन्त राजीनामा दिएर सहमतिका लागि बाटो खुलाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । विपक्षी दलहरूको बैठकले अध्यादेशबाट सरकारलाई बजेट ल्याउनबाट रोक लगाउन राष्ट्रपति आग्रह गरिने निर्णय पनि गरेको छ । जसरी पनि पूर्ण बजेट ल्याउने तयारी लागेपछि सरकारी योजना सफल हुन नदिने विपक्षी दलहरूको बैठक बसेको हो । सर्वोच्च अदालतको आदेशपछि सरकार पूर्ण बजेट ल्याउने तयारी लागेको छ ।