कपिल ज्ञवाली बुटवल असार २७ बुटवल ( पाल्पा शडक खण्ड अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै आज बिहान खसेको पहिरोले शडक अबरुद्ध बनेको छ । बिहानै बाट परिरहेको पानीका कारण सिद्धबाबामा बिहान ५ बजे पहिरो खसेपछि बुटवलबाट पाल्पा, गुल्मी,स्याङ्जा,पोखरा जाने सवारीहरु संगैका यात्रुहरु बुटवलको गोलपार्कमा रोकिएका छन् । त्यस्तै गरि सिद्धार्थ राजमार्ग भएर बुटवल आउने सवारीहरु दोभानमै रोकिएको दोभान प्रहरी चौकिका प्रमुख महाशर्मा शर्माले जानकारी दिनुभयो । अविरल बर्षाले दोभान गाविसको वडा नम्बर ५ सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको हो । बिद्युत हेडबक्स माथि पट्टी खसेको पहिरो हटाउन प्रयास जारी रहेको छ । पानी परेपछि दोभानदेखि वुटवल खण्डमा पहिरो खस्ने क्रम दिनहुं भएको बढेको छ । बाटोमा ढुंगा खस्ने डरले सो क्षेत्रमा अघिपछि पनि स