काठमाडौं साउन ३ गते । पछिल्लो राजनीतिक परिस्थितिमा आफ्नो धारणा तय गर्ने विषयमा छलफल गर्न आज नेकपा एमाले स्थायी समिति बैठक बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बल्खुमा बिहान ११ बजेपछि सुरु हुने एमालेले जनाएको छ । बैठकमा प्रधानमन्त्रीको राजीनामा, सरकारविरुद्धको आन्दोलन, सहमतीय सरकार निर्माणलगायतका विषयमा छलफल हुने छ । यसैगरी बैठकमा पार्टीले सन्चालन गरेको अन्चलस्तरीय प्रशिक्षण कार्यक्रमको समीक्षा पनि हुने भएको छ । असन्तुष्ट आदिवासी जनजातिहरूले अघि सार्दै आएको मागका विषयमा पनि बैठकमा छलफल हुने छ ।