काठमान्डौ असार २७ गते । एकीकृत नेकपा माओवादीको पोलिटब्युरो बैठक आज बस्दैछ । विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लिखित दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ३८ पृष्ठ लामो अध्यक्षको दस्ताबेजमा संविधानसभाको अवसान,शान्ति प्रक्रियाको सुुस्त गति, पार्टी विभाजनको कारण लगायतका विषय समेटिएको छ । पोलिटब्युरो बैठकले उहाँको दस्ताबेज अनुमोदन गरे आउँदो १ गतेदेखि सुरु हुने विस्तारित बैठकमा त्यो प्रतिवेदन पेश हुनेछ ।