बिष्णुप्रसाद भण्डारी,
डोटी असार १७ गते । कैलालीको खैलाड ४
कुडिमा १२ सय बोरा बराबरको सुपारी फेला परेको छ । सशस्त्र प्रहरी सिमा
सुरक्षा वल धनगढीका प्रहरी उपरीक्षक मधुकृष्ण गर्तौलाको नेतृत्वमा गएकोे
टोलीले घरमा जम्मा गरेर राखेको अवस्थामा सुपारी फेला पारेको हो । फेला
परेको करिब १२ सय बोरा सुपारीमध्ये २ सय ३८ बोरा धनगढी भन्सारमा पठाइसकिएको
छ भने बाँकी सुपारी आजसम्ममा लगिने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार
चुनावलाई मध्यनजर गरी वेश क्याम्प राख्ने उपयुक्त ठाउँ हेर्न गएका वेला
पुरानो मिल सञ्चालन गरिएको घरमा सुपारी फेला पारिएको हो ।
सुपारी फेला परेको ठाउँबाट भारतीय सिमा
क्षेत्र करिब दश किलो मिटर मात्रै टाढा भएकाले सुपारी भारत निर्यातका लागि
राखिएको हुन सक्ने आशंका गरिएको छ । दिन दहाडै यस ठाउँमा सुपारी ओसार पसार
हुने गरेको स्थानियबासिन्दाको भनाइ छ ।