दीपक राई चोमोलुंमा रेडियो, भोजपुर असार २७ गते ।वर्षा सुरु भएसंगै भोजपुरको एक मात्र जिल्ला अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । लगातार विरामीको चाँप बढ्दै गएपछि विरामीलाई सैयाको अभावमा भुईमै राखेर उपचार गराउन थालिएको छ । १५ सैया भएको जिल्ला अस्पतालमा हाल ३० देखि ३५ जनासम्म विरामी भर्ना भएपछि भुँइमै राखेर उपचार गराउन बाध्य भएको जिल्ला अस्पताल भोजपुरमा कार्यरत अनमी बसन्ता मोक्तानले जानकारी दिनुभयो । अहिले अस्पतालमा झाडा पखाला, भाइरल फिभर, टाईफाईड आन्द्रा भुडीको संक्रमण भएका विरामीको चाँप बढेको अस्पतालले जनाएको छ । हरेक दिन २०÷२५ जना डिस्चार्ज गरिएपनि त्यति नै मात्रामा विरामी बेड भर्ना हुने गरेको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा. नरेन्द्रकुमार झाले ओपिडी सेवामा पनि त्यतिकै मात्रामा विरामीको चाप बढेको बताउनुभयो ।
भोजपुर जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो ।।

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com