Responsive Ad Slot

latest

नेपाली कलाकेन्द्र कतारको मासिक स्वरमाला कार्यक्रम सम्पन्न

Sunday, July 8

/ by Admin BHOLA THAPA


गणेश वानिया ÷दोहा, कतार,  ७ जुन २०१२
 “साज र आवाज प्रतिको सम्मान नेपाली संगित हाम्रो पहिचान” भन्ने मुल नाराका साथ नेपाली कला केन्द्र कतारले आफ्नो सुखद शुक्रवारको मासिक सांगीतिक कार्यक्रम स्वरमाला यही शुक्रवार सम्पन्न गरेको छ । नेपाली कला केन्द्रको हलमा भएको उक्त कार्यक्रममा एन आर एन ए कतारका सचिव बिनोद भट्टराई, तमु साँस्कृतिक परिवारका अध्यक्ष बिमल तमु, नेपाली कला केन्द्रका सल्लाहकार गणेश वानिया, मोरङ्ग सुनसरी सेवा समाजका गोकुल व. थापा , साहित्य सर्जकहरु बिष्णु सापकोटा, राजन घले आदिको अथित्यता रहेको थियो । नेपाली कलाकेन्द्रका प्रशिक्षक तथा गायककार गौरव दर्पणले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा फेवातालको आँगनमा लैलै माछापुछ«ेको छायाँ भन्ने मीठो गितलाई नेपाली कलाकेन्द्रका प्रशिक्षार्थी राम प्रसाद राईको आवाजवाट पस्कदै शुरु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु आशिष रिजाल, परिहास सुव्वा, रोसन राई, बिकास ठटाल, भिम लामा, निनल पायल राई, गोबिन्द राई, बिरेन्द्र श्रेष्ठ, बिपिन खालिङ्ग, रुपेश पराजुली तथा गैरआवसीय नेपाली तारा दिनेश लिम्वुले मीठा मीठा नेपाली गितहरु मार्फत उपस्थीत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।  कार्यक्रम अबधिभर तवलामा बबिन राई, ढोलकमा बिष्णु भट्टराई, किवोर्डमा रुपेश पराजुली, गितारबाधनमा दिनेश लिम्वु , म्याराकसमा आशिस रिजाल तथा हार्मोनियममा गौरव दर्पणले सांगीतिक साथ दिनु भएको थियो ।
नेपाली कलाकेन्द्र कतारको व्यानरमा निर्माण भएको पहिलो एल्बम आधुनिक गित गजलहरुको संग्रह ब्चचष्खब िको मेरो गाँउनै प्यारो तिम्रो शहर भन्दा र सिमाना पारी रम्दैन मन भन्ने मीठो गितहरु लाई गायककार गौरव दर्पणले दर्शक माझ प्रस्तुत गर्नु भएको थियो । इदको पहिलो दिनवाट बजारमा आउन लागिरहेको गिति एल्वम ब्चचष्खब िमा जुनु रिजाल, गौरव दर्पण तथा नेपाली कलाकेन्द्रका प्रशिक्षार्थीहरुको आवाज रहेको छ भने गौरव दर्पण, तुफान शान्त र अशोक राईले संगित भर्नु भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI