Responsive Ad Slot

latest

चितवनको आशा अस्पताल तनावग्रस्त

Saturday, July 14

/ by Unknown
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै चितवनको भरतपुर आंपटारीका स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् । स्थानीयको प्रदर्शनको कारण चितवनको आशा अस्पताल तनावग्रस्त बनेको छ ।

आंपटारीकी तारा रेग्मीको गएराती उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकले दिएको गलत औषधीको कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । पेट पोल्ने व्यथाले च्यापेपछि रेग्मीलाई हिजो अस्पताल लगिएको थियो । चिकित्सकले पेट पोलेको हटाउन २ वटा पेनकिलर दिएको केही समयपछि नै उनले रगत वान्ता गर्न थालेपछि बेहोस अवस्थामै गएराती उनको मृत्यु भएको हो ।

दुई छोराकी आमा तारा हिजो बिहानपनि पेट पोलेपछि सोही अस्पतालमा आएर तीनवटा स्लाईन चढाएर फर्केकी थिइन । उनलाई अस्पतालका चिकित्सक केशवप्रसाद आचार्यले उपचार गरिरहेका थिए । घटनाको बारेमा अहिले अस्पताल प्रशासन र मृतकका आफन्तको बीच बार्ता चलिरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI