Responsive Ad Slot

latest

ढोरपाटन शिकार आरक्ष कार्यालयमा लागेको ताला दश दिनपछि खुल्यो ।।

Wednesday, July 11

/ by Unknown

शान्ति छन्त्याल, रेडियो ढोरपाटन, बागलुङ  काठमान्डौ असार २७ गते । ढोरपाटन शिकार आरक्ष कार्यालयमा असार १७ गतेदेखि लागेको ताला दश दिनपछि खुलेको छ । बन्दकर्ता र कार्यालयका प्रमुखसहित कर्मचारीबीच हिजो साँझ चलेको वार्तामा बन्दकर्ताले राखेका मागहरु १५ दिनभित्रै सम्बोधन गर्ने सहमतिपछि  ताला खुलेको हो । आरक्ष कार्यालयबाट मनोमानि ढंगले हुने विकास निर्माणका कामहरु सर्वपक्षिय छलफलपछिमात्र अगाडि बढाउने, बर्षमा तीन पटक जनसमन्वय गोष्ठीको आयोजना गर्नेलगायतका विषयमा पनि सहमति भएको वार्ता टोलीका संयोजक दीपक थापाले जानकारी दिनुभयो । आरक्ष कार्यालयबाट भएका विकास निर्माणका कामहरुको अनुगमनका लागि चन्द्रसिंह कुमाईको अध्यक्षतामा ११ सदस्यिय अनुगमन समितिसमेत गठन गरिएको छ । ढोरपाटन शिकार आरक्षकै आयोजनामा डाकिएको जनसमन्वय गोष्ठीमा कार्यालयकै प्रमुख उपस्थित नभएपछि बागलुङ, म्याग्दी, रुकुम जिल्लाका  नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानियबासिन्दाको टोलीले विरोध गरेका थिए । उनीहरुले सदरमुकाममा मात्र सिमित रहेका कार्यालयका सम्पूर्ण कर्मचारी अनिबार्य रुपमा उपस्थित हुनुपर्ने, तीनै जिल्लाका नागरिक समाजसंग समन्वय गर्नुपर्ने, आरक्ष क्षेत्रमा बन्यजन्तुले पु¥याएको क्षतिको उचित क्षतिपूर्ति पाउनुपर्नेलगायत विभिन्न दश सुत्रिय माग राख्दै आरक्ष कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।


Don't Miss
© all rights reserved
made with by netKUTI