प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक साउन १५ गते !!!!नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेला बिहान साढे ११ बजे सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेला व्यवस्थापन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार भेलामा ७५ जिल्लाका जिल्ला सभापति, केन्द्रीय समितिका ८०, केन्द्रीय सचिवालका सदस्यहरु, केन्द्रीय पदाधिकारीसहित झण्डै २ सय जना बन्द सत्रमा सहभागी हुनेछन् । झण्डै ४० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको भेलामा ८० वटा बस मार्फत ३० हजार कार्यकर्ताहरु उद्घाटन सत्रमा उतार्ने तयारी भएको छ । भेलामा सहभागि हुन सिन्धुपल्चोक जाने केन्द्रीय पदाधिकारीहरुलाई तरुण दल र नेविसंघका कार्यकर्ताहरुले स्कर्टीङसहित काभ्रे र सिन्धुपाल्चोकको सीमा बन्देउमा पु¥याएपछि जिल्लाको तर्फबाटस्वागत गरिने कार्यक्रम रहेको सिन्धुपाल्चोक काङ्ग्रैस सभापति मोहन बस्नेतले बताउनुभयो ।
यसैबीच भेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु गरी करीब ३ सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ भेलाका लागि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको कमाण्डमा सशस्त्रका एसपी कमलराज गिरी, नेपाल प्रहरीका डीएसपी बसन्तकुमार लामा र अनुसन्धानका प्रमुख इन्द्रसिंह लामासहित अन्य सुरक्षाकर्मी परिचालित हुनेछन् । जिल्लाको जनशक्ति अपुग भए अञ्चलबाट थप सुरक्षाकर्मी मगाउने तयारी भएको प्रहरीले जनाएको छ ।