Responsive Ad Slot

latest

आदिकवि भानुभक्त आचार्यको २ सयौं जन्मजयन्ती भाषा र साहित्यको स्वर्ण वर्षका रुपमा मनाइने

Sunday, July 8

/ by Admin BHOLA THAPA
असार २४ ( आदिकवि भानुभक्त आचार्यको २ सयौं जन्मजयन्ती अर्थात द्विशत वार्षिक कार्यक्रमलाई नेपाली भाषा र साहित्यको स्वर्ण वर्षका रुपमा मनाइने भएको छ  । भानु प्रतिष्ठानले द्विशत वार्षिक कार्यक्रम अन्तर्गत भानुभक्तको जन्म गाउँलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्ने र भानु अध्ययन केन्द्र खोल्ने जानकारी पनि दिएको छ ।प्रतिष्ठानको वृहत भेलाले  २ बर्षसम्म द्विशत वार्षिक कार्यक्रम मनाउने निर्णय गर्दै १० करोड रुपैयाको बजेट पनि प्रस्ताव गरेको अध्यक्ष प्राध्यापक ब्रतराज आचार्यले जानकारी दिनुभयो । वार्षिक समारोह भव्य बनाउन राष्ट्रकवि माधवप्रसाद घिमिरेको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।समितिमा वैरागी काइँला, इन्द्रबहादुर राई, र सत्यमोहन जोशी वरिष्ठ उपाध्यक्ष तथा कमल दीक्षित, प्राध्यापक बासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, प्राध्यापक ब्रतराज आचार्य, रमा शर्मा, भद्राकुमारी घले, राजेन्द्र विमल, उमेश श्रेष्ठ र गीता खत्री उपाध्यक्ष हुनुहुन्छ ।  आदिकवी भानुभक्त आचार्यको विक्रम संवत् १८७१ साल असार २९ गते तनहुँमा जन्म भएको थियो । उहाँको ५५ वर्षको उमेरमा १९२६ सालमा निधन भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI