चितवन, असार १८ – एकीकृत नेकपा माओबादी चितवनले सोमबार बिहानैदेखि चितवनमा
यातायात ठप्प पारेको छ । आफ्ना कार्यकर्तामाथि गोली प्रहार गर्नेलाई
कारवाहीको माग गर्दै सरकारको नेतृत्व गरेको एकीकृत नेकपा माओबादी चितवनले
सोमबार एक दिनका लागि चितवन बन्दको आह्वान गरेको हो ।
एकीकृत नेकपा माओबादीका कार्यकर्ता यातायात बन्द गराउन पुर्बपश्चिम
राजमार्ग अन्र्तगत भरतपुरको चौबिसकोठी र नारायणगढ मुग्लिन सडक खण्डको
आँपटारीमा जम्मा भएका छन् ।
शनिवार पार्टी कार्यालयको बिषयमा एकीकृत नेकपा माओबादी र नेकपा माओबादीका
कार्यकर्तावीच भएको झडपमा नेकपा माआबादीका कार्यकर्ताले आफ्ना
कार्यकर्तामाथि गोली प्रहार गरेको एकीकृत नेकपा माओबादी चितवनका सेक्रेटरी
यमबहादुर परियारले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओबादीका कार्यकर्ताले आइतबार पनि बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गराएका थिए ।