प्रकाश बम, डोटी असार २५ गते झाँडापखालाका कारण डोटीमा आज बिहान एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बजगाउँ बस्ने १६ वर्षीया लक्ष्मी भण्डारीको झाँडापखालाका कारण मृत्यु भएको हो । मृतक भण्डारी पदम पब्लिक मुक्तिनारायण उच्च मावि सिलगढीमा कक्षा ८ मा अध्यनरत छात्रा हुन् । भण्डारीको सुजङ्ग अस्पताल राजपुर डोटीमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गर्दा बाटो मै मृत्यु भएको विद्यालय स्रोतले जनाएको छ ।
त्यस्तै जिल्ला अस्पताललगायत डोटीका स्वास्थ्य संस्थाहरुमा झाँडापखालाका विरामीहरु बढ्न थालेको जिल्ला स्वास्थ्य डोटीले जनाएको छ । डोटी जिल्लामा एक महिना अघिदेखि फैलिएको झाडाँपखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।