Responsive Ad Slot

latest

नेकपा माओवादीले राष्ट्रपति बन्ने सपना वोकेर:झलनाथ खनाल

Sunday, July 8

/ by Admin BHOLA THAPA
 काठमाडौं असार २४  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेकपा माओवादीले राष्ट्रपति बन्ने सपना वोकेर जर्वजस्ती संविधान सभाको हत्या गरेको आरोप लगाउनुभएको छ । आईतबार धनगढीमा सेती अञ्चल स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले यस्तो आरोप लगाउनु भएको हो । ‘माओवादीले राष्टपतिको सपना बोकेर संविधान सभाको हत्या गरेको हो’ उहाँले भन्नुभयो ।अध्यक्ष खनालले अरु दलहरुले विभिन्न विकल्पहरु भएको बताएपनि माओवादीले एकलौटी रुपमा संविधान सभाको हत्या गरेको आरोप लगाउनुभयो । ‘दलहरुले संविधान सभा विघटनका विभिन्न विकल्पहरु सुझाए तर माओवादी मानेन, उसले जे सोचेको थियो त्यही गर्यो, एकलौटी निर्णय गरेर मुलुकलाई शंकटमा पार्यो’ खनालले भन्नुभयो ।सेती अञ्चल स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा खनालले आपसी सद्भाव खल्बलाउने गरी एकल पहिचानको कुरा अघि सारेर देशलाई भुमरीमा फसाएको समेत आरोप लगाउनुभयो । एकीकृत नेकपा माओवादीले सुरुवातमा विदेशी हस्तक्षेपको विरोध गरेको भए पनि अहिले आएर देशलाई लिलाम गरिररहेको आरोप खनालको थियो । एक घण्टा लामो सम्बोधनमा अध्यक्ष खनालले सत्ताका लागि प्रायोजीत शक्तिलाई वैसाखी बनाएको भन्दै डाक्टर वावुराम भट्टराईको सरकारले मुलुकलाई कमजोर बनाउँदै लगेको बताउनुभयो ।
संविधान सभाको आफै विघटन गरेर पुनः अर्को चुनाव घोषणा गर्नु असंवैधानिक कदम भएको भन्दै उहाँले माओवादीको सत्तामा टिकिरहने खेल भएको दावी गर्नुभयो । कार्यक्रममा वोल्दै एमालेका महासचिव ईश्वर पोखरेलले एकल पहिचान सहितको संघीयता कुनै पनि हालतमा मान्य नहुने दोहोर्याउनुभयो । उहाँले विदेशको नक्कल गर्नुभन्दा पनि नेपाली समाज र परिवेश अनुसार संघीयतामा जानुपर्ने बताउँदै एकल जातीय आधारमा संघीयता सफल नहुने र नेपालीलले कुनै पनि हालतमा नमान्ने स्पष्ट पार्नुभयो ।महासचिव पोखरेल माओवादी विचारहीन पार्टी भएको आरोप लगाउदै काँग्रेसले पनि मार्गदर्शन गुमाउँदै गएको आरोप लगाउनुभयो । एमालेका सचिव शंकर पोखरेल, केन्द्रिय सदस्य भीम रावल लगायतका केन्द्रिय नेताहरुले पनि कार्यकर्ता प्रशिक्षणमा सहभागिता रहेको छ । कार्यक्रममा सेती अञ्चलका ५ वटै जिल्लाका प्रतिवेदनहरु प्रस्तुत गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI